punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

 १३ गते देशैभर प्रदर्शन गर्न देउवाले गरे अपिल

Chaupati
safha napa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटविरुद्ध पुस १३ गते देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् ।

शनिबार सभापति देउवाले अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमविरुद्ध पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न आह्वान गरेका हुन् ।

उनले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतका साथ उभिएको बताएका छन् ।

संसद विघटनको घटनाका पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकोले त्यसविरुद्धको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्नका लागि सभापति देउवाले सबैलाई आग्रह गरेका छन् ।


११ पुस २०७७, शनिवार १४:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु