राप्रपाको मोटरसाइकल र्याली
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज राजधानीमा मोटरसाइकल र्याली गरेको छ।
बबरमहलबाट सुरु भएको र्यासली थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै दरबारमार्गको महेन्द्र शालिकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई पार्टीका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुले सम्बोधन गरेका छन्।
थापा र लोहनीले माइतीघर पुगेर आन्दोलनरत उखु किसानका मागप्रति समर्थन र ऐक्यबद्धता जनाएका थिए। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ।
११ पुस २०७७, शनिवार १४:१८ बजे प्रकाशित































