punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा र सूर्य चिन्हको प्रचण्ड–नेपाल समुहको दावि

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले नेकपा र सूर्य चिन्ह आफूहरूको हुने दाबी गरेका छन्। बुधबार निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाउन गएका नेताहरु नेकपा र सूर्य चिन्ह प्रचण्ड–नेपाल समुहल आफ्नो भएको दावि गरेका हुन् ।

आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन्। केपि शर्मा ओलीलाई कारबाही गरेको सिफारिस लिएर उनीहरू दिउँसो साढे २ बजे आयोगमा गएका थिए।

आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन्। नेकपा गठन हुँदा तत्कालिन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो। त्यसपछि एकता प्रक्रियाबाट थपिएका गरी ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

त्यसैबिच ओली समूहले मंगलबार नै पार्टी केन्द्रीय समिति बिस्तारसम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता गराइसकेको छ। ओली समूहको सो पत्रमा केन्द्रीय समिति बिस्तार भएको उल्लेख गरिको छ र सँगै विस्तारित केन्द्रीय समितिमा रहेका सदस्यको सूची पनि राखेको थियो ।


८ पुस २०७७, बुधवार १६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु