punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली र प्रचण्ड समूहबीच तालाबन्दी गर्ने र फोड्नेक्रम चल्यो

Chaupati
safha napa

नेकपा विभाजनपछि कैलालीमा ओली र प्रचण्ड–नेपाल समूहबीच पार्टी कार्यालयमा तालाबन्दी गर्ने र फोड्नेक्रम चलेको छ ।

एक समूहले ताला लगाउने र अर्को समूहले फोड्ने कार्य सुरु भएको छ । आजै कैलालीको गोदावरी नगरपालिकामा रहेको नेकपाको नगर कार्यालयमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले तालाबन्दी गरेका थिए । उनीहरुले तालाबन्दी गरेको केही समयपछि फेरि ओली पक्षका कार्यकर्ताले सो ताला फोडेका छन् ।

गोदावरी नगरपालिका २ बनखेत मा रहेको कार्यालयमा प्रचण्ड–माधव समूहले तालाबन्दी गरेको एक घण्टा नबित्दै ओली समूहले ताला फोडेको हो । गोदावरी ओली पक्षका नेता लेखराज भट्टको क्षेत्र हो ।

 


८ पुस २०७७, बुधवार १६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु