नेकपा प्रदेश पार्टी कार्यालयमा पनि लाग्यो ताला
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिर्टीको कार्यालयमा पनि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले ताला लगाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन्।
यसअघि आजै नेकपाको जिल्ला कार्यालयमा पनि सोही समूहले ताला लगाएको छ । प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले सुदूरपश्चिममा ओलीको कदमविरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् ।
७ पुस २०७७, मंगलवार १७:३१ बजे प्रकाशित































