punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डिलाशैनी गाउँपालिकामा गरिएको लकडाउन २२ दिनमा खुल्यो

Chaupati
safha napa

बैतडीको डिलाशैनी गाउँपालिका क्षेत्रमा गरिएको लकडाउन २२ दिनमा खुल्ला गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेको र थप सङ्क्रमण नफैलियोस भन्नका लागि गत मङ्सिर १६ गतेदेखि गरिएको लकडाउन आज देखी खुल्ला गरिएको हो ।

लकडाउन खुलेसँगै गाउँपालिकाका सम्पूर्ण सेवाहरू सुचारु भएका छन् भने बजार , विद्यालय, यातायात लगायतका सम्पूर्ण क्षेत्रहरु खुलेको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंख बहादुर शाहले जानकारी गराए ।

कोरोनाको जोखिम बढेकाले गरिएको लकडाउन अहिले स्थित सामान्य बन्दै गएकोले खोलिएको प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिए।

गाउँपालिकामा सङ्क्रमणको जोखिम रहेकोले मङ्सिर १६ देखि २६ र २९ देखि पुस ५ गतेसम्म गरी दुई पटक लकडाउनको घोषणा गरेको थियो ।


७ पुस २०७७, मंगलवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु