punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विराटनगरमा आगलागी हुँदा एकजनाको मृत्यु, दुई घाइते

Chaupati
safha napa

विराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ। आगलागीबाट दुईजना घाइते भएका छन्।

महानगरपालिका–१४ को झटियायीमा राति स्थानीय राजेश दासको घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

बाँस र जस्तापाताको छानो भएको घरमा आगलागी हुँदा दासका १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको हो। घर नजिक बालिएको घुरबाट आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताएका छन् ।

आगलागीबाट राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको निरीक्षक थापाले बताए । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


५ पुस २०७७, आइतवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु