बसपार्कमा काउन्टर बिबाद : सहमतिको प्रयासपछि यातायात सुचारु
धनगढी बसपार्कमा काउन्टर विवादका कारण ठप्प पारिएको घोषित अनिश्चितकालिन यातायात सुचारु भएको छ ।
धनगढी बसपार्कमा शिवपुरी यातायात प्रा।लिले काउन्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात प्रा।लिले यातायात सेवा ठप्प पारेको घोषणा गरेका थिए।
तर, धनगढी उपमहानगरपालिकाले सहमतिको प्रयास थालेपछि यातायात सुचारु गरिएको सुदूर पश्चिम यातायात प्रा।लिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए ।
सुदूर पश्चिम यातायात, कर्णाली रिभर, मालिका यातायात, खप्तड मालिका यातायात, कैलाली यातायात र गोदावरी यातायात प्रा।लि बिरोधमा उत्रिदा बिहान केही बेर धनगढी बस पार्कमा तनाव सिर्जना भएको थियो ।
३ पुस २०७७, शुक्रवार १४:३९ बजे प्रकाशित













