नेकपा स्थायी कमिटी बैठकको स्थान परिवर्तन
:yfoL sld6L a}7ssf7df8f}F, !^ c;f/ M k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_ :yfoL sld6Lsf] a}7sdf k|wfgdGqL tyf g]skfsf cWoIf s]kL zdf{ cf]nL, csf{ cWoIf k'iksdn bfxfn …k|r08Ú nufot ;xefuL . t:jL/M rG›snf If]qL÷/f;;
आज (आइतबार) बस्ने सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकको स्थान परिवर्तन गरिएको छ।
यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राखिने भएको हो। स्वास्थ्य समस्याका कारण प्रधानमन्त्रीले बाहिर आयोजना गरिने बैठकमा सहभागिता जनाउन नसकिने ब्बताएपछि बैठक बालुवाटारमै आयोजना गरिएको हो ।
‘पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखिने भएको छ,’ नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।
२८ मंसिर २०७७, आइतवार १०:१४ बजे प्रकाशित













