punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमसहित चार प्रदेशको मौसम बदली हुने

Chaupati
safha napa

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं १ र बाग्मती प्रदेशको ३ का केहि भूभागमा आंशिक बदली भइहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

आइतबार

दिउँसो : प्रदेश नं १, ३, तथा सुदूरपश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ।

राति: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

सोमबार

दिउँसो : देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार

दिउँसो  देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडि भूभागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।


२८ मंसिर २०७७, आइतवार ०७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु