punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकामा सोमबारदेखि कोरोना खोप लगाइँदै, ९५ प्रतिशत प्रभावकारी भएको दाबी

Chaupati
safha napa

अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिने भएको छ । त्यहाँ फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाइने छ।

खोपको पहिलो ३० लाख डोज खोप उपलब्ध भइसकेको त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। ती खोप सबै राज्यमा उपलब्ध हुने र प्राथमिकताका आधारमा दिइनेछ।

यो खोप कोरोनाभाइरसका विरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए० ले यसलाई सुरक्षित भएको जनाएको छ। कोरोना संकटबीच खोपले स्वीकृति पाउनुलाई निकै महत्वपूर्ण मानिएको छ।

एफडीएलाई यो खोपलाई स्वीकृति दिन दबाब परिरहेको बेला गएको शुक्रबार उसले अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। जाडो शुरु भएसँगै अमेरिकामा संक्रमण बढेको छ।

शनिबार मात्र अमेरिकामा दुई लाख १५ हजार नयाँ संक्रमित भेटिएका छन्। दुई हजार २८६ जनाको मृत्यु भएको छ। अमेरिकामा सक्रिय संक्रमितको संख्या करीब ६६ लाख पुगिसकेको छ। मृतकको संख्या तीन लाख पाँच हजार पुगेको छ।


२८ मंसिर २०७७, आइतवार ०७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु