नेपालमा थप १०२४ जनामा कोरोना संक्रमण, दोब्बर बढी व्यक्ति डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी शनिबार काठमाडौं उपत्यकामा ४६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ ।
यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३।४ प्रतिशत रहेको छ । हालसम्म कोरोनाबाट कुल १५७७ जनाले ज्यान गुमाइसकेका छन् ।
२० मंसिर २०७७, शनिवार १६:४३ बजे प्रकाशित













