punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा कोरोनाबाट एक जनाको मृत्यु, ९ जना अझै गम्भीर

Chaupati
safha napa

धनगढीमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । शनिवार कञ्चनपुर कृष्णपुर नगरपालिका २ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

मङ्सिर १४ गते गम्भीर प्रकारको निमोनिया लिएर धनगढीकै एक निजी अस्पतालमा उपचारका लागि गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि १५ गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका व्यक्तिको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

योसँगै सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कोरोनासङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । अहिले ९ जना गम्भीर रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


२० मंसिर २०७७, शनिवार १५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु