देशभर ७ वर्षमा १४ हजार ७ सय ५४ महिला बलत्कृ भए
देशभर ७ वर्षमा १४ हजार ७ सय ५४ जना महिला बलत्कृर भएका छन् ।
जसमध्ये ६ हजार ३ सय ६३ त १८ वर्षमुनिका बालिका रहेका छन् । महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०÷७१ मा १ हजार ३ सय ५६ महिला बलत्कृ भएका हुन । तर, आव ०७६÷७७ मा यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ ।
यो वर्ष २ हजार ८ सय ३१ जना महिला बलात्कृत भएका थिए । चालू आवको असोजसम्म ७ सय २२ महिला बलत्कृत भएको प्रहरीको तथ्यांक छ । हरेक वर्ष बलात्कृत हुने बालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०÷७१ मा ५ सय ५९ जना बालिका बलात्कृत भएका थिए ।
गत आवमा आइपुग्दा बलात्कृत बालिकाको संख्या १ हजार ३ सय ९३ बलात्कृत भएका छन । त्यसमा पनि २ सय ७३ बालिका त दश वर्षभन्दा कम उमेरका छन । त्यस्तै, चालू आर्थिक वर्षको गत असोजसम्म भएका ७ सय २२ घटनामा ४ सय ६५ बालिका बलत्कृत भएका छन ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन । ‘चार वर्षका नाबालिकासम्म बलत्कृत भएका छन् । धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ उनले भने ।
शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले स्कुलहरूमा गएरै पढाउनसमेत थालेको एसएसपी कुँवरले जानकारी दिए । पछिल्लो समय हिंसा लुकाउनुहुँदैन भन्ने चेतना बढेकाले प्रहरीमा आउने उजुरी बढेको उनले बताए ।
१३ मंसिर २०७७, शनिवार ११:१६ बजे प्रकाशित













