कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर २ जनाको निधन
कञ्चनपुरमामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको निधन भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ का ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश रानाको निधन भएको हो ।
भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर दुवै जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा जानकारी दिए ।
अहिले उनीहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयकाले जानकारी दिएको छ ।
१३ मंसिर २०७७, शनिवार १०:४५ बजे प्रकाशित













