punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

Chaupati
safha napa

दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय सङ्क्रमित रहेका र नगर क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताईन । उनले “सदरमुकाम रहेको नगर क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएकोले जोखिम न्यूनीकरणका लागि लकडाउन गर्ने निर्णय गरेको उनले बताए।”

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दूरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै खोल्न उनले जानकारी गराईन । यसैगरी अतिआवश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको उनले बताईन । यसैगरी रुखाखोकी, ज्वरोका बिरामीले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ । यसैगरी नगर क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाले हप्तामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षाबाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, विवाहमा १० जना मात्रै सहभागी हुन दिनेलगायतका निर्णय गरेको उनले बताईन ।

यसैगरी धार्मिकस्थल तथा मन्दिरमा नित्यपूजाबाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णयसमेत भएको उनले जानकारी गराईन । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ । कसैले अत्वाश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारिसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको दशरथचन्द नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी गराए । “भीडभाड कम गर्न तथा जोखिम कम गर्न अत्यावश्यक कामका लागि वडाको सिफारिस अनिवार्य गरेका हौँ ,उनले भने, ।


१३ मंसिर २०७७, शनिवार ११:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु