punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडादशैंको चौथो दिन आज कुष्माण्डाको पूजा गरिदै

Chaupati
safha napa

नेपालीको महान् चाड दसैंको आज चौथो दिन आज आराध्या देवी कुष्माण्डाको विशेष पूजाअर्चना गरिँदै छ ।

‘कुत्सितः ऊष्मा कूष्मा त्रिविधतापयुतः संसारः स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डाः’  अर्थात् तीन प्रकारका तापले युक्त विश्व ब्रह्माण्डलाई जसले आफ्नो उदरमा धारणा गरेको छ, ती भगवती कुष्माण्डाका नामले स्थापित छिन्।

चौथो दिनमा विधिपूर्वक स्थापित देवताहरूको नित्य पूजा गरी नवदुर्गाको प्रतिमामा कुष्माण्डा नाम गरेकी देवीको पूजन गरिन्छ। कुष्माण्डको अर्को अर्थ हुन्छ कुभिन्डो जुन देवीको पूजामा बलिका लागि नभई नहुने फल हो।

अहमखिलं जगत् अर्थात् सारा विश्व ब्रह्माण्डमा व्याप्त स्थावर जङ्गमको दृश्य स्वरुपा म नै हुँ। जीवले गुप्त रुपमा गर्ने कृत्याकृत्य कर्मको साक्षी स्वरुपा पनि मैं हुँ। मभन्दा पर त्यस्तो भिन्न शक्ति कोही छैनन्, सबै ममा नै व्याप्त छन्। यी वचनहरू देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ।

जीवित शक्तिका रुपमा अणिमादि गरिएका गुण र अकारादि गरिएका अक्षरले युक्त अनन्त शक्ति स्वरुपा सबै कामनाहरू पूर्ण गर्ने कामाक्षी नाम गरेकी देवीको प्रतीकका रुपमा पञ्चम वर्षले युक्त कन्यालाई कामाक्षीका नामले पूज्दै मधुपर्क, सौभाग्य, आभूषण प्रदान गर्दै चतुर्थ दिवसको दुर्गा पूजन कार्य समापन गरिन्छ।


४ कात्तिक २०७७, मंगलवार ०७:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु