आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भूभागमा पनि वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति पनि देशभर बदली रही विभिन्न प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ।
३० भदौ २०८३, मंगलवार ०६:५५ बजे प्रकाशित














