कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।

बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट अवैध खैरो हेरोइन ८ सय ६० मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–३ बस्ने २२ वर्षीय सुनिल चौधरी र १८ वर्षीय हसिव चौधरी पक्राउ परेका हुन्। प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले दुबै जनालाई आईतबार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

यसैगरी बेलौरी नगरपालिका–१० दर्सिखल्लाबाट बेतकोट नगरपालिका–६ ओझाखाली बस्ने ३२ वर्षीय इश्वर डगौराले चलाएको सु.प.प्र ०२–००३प. २३७३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा निजको साथबाट १० ग्राम ५२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित सोही मोटरसाइकल पछाडी सवार बेतकोट नगरपालिका–५ बस्ने २५ वर्षिय आकाश डगौरालाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित दुबै जनालाई आईतबार बेलुका पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


७ वैशाख २०८३, सोमवार १०:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु