punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस बैठकको सभापतित्व उपसभापति शर्माले गर्ने

Chaupati
safha napa

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति शर्माले गर्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

‘सभापति गगन थापाले पदबाट राजीनामा दिएकाले उपसभापति विश्वप्रकाश शर्माले बैठकको सभापतित्व गर्ने तय भएको छ,’ कार्यवाहक मुख्यसचिव दुलालले रातोपाटीसँग भने, ‘विधानको व्यवस्था अनुसार नै बैठक त्यसरी अगाडि बढाउन लागिएको हो ।’

बैठकमा उपसभापति शर्माले सभापति थापाको राजीनामा छलफलका लागि प्रस्तावका रूपमा पेस गर्ने जानकारी दुलालले दिए । सहमहामन्त्री उदय शमशेर राणाले केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापतिको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने एजेन्डा तय गरिएको जानकारी दिए ।

सभापति थापाले बुधबार उपसभापति शर्मालाई राजीनामा दिएका थिए । त्यो राजीनामा केन्द्रीय कार्यालयमा दर्ता भने भएको छैन । कार्यवाहक मुख्यसचिव दुलालले राजीनामा दर्ता नभएको र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावका रूपमा पेस गर्ने जानकारी दिए ।


६ चैत २०८२, शुक्रवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु