punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौं ३ – उज्यालोका कुलमानभन्दा रास्वपाका राजुनाथ ४ हजार बढी मतले अगाडि

Chaupati
safha napa

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राजु पाण्डेले अग्रता बढाइरहेका छन् ।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले ११ हजार १ सय ३८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ६ हजार ६ सय ९९ मत प्राप्त गरेका छन्। पाण्डे घिसिङभन्दा ४ हजार ४ सय ३९ मतान्तरले अगाडि छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ३ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले १ हजार ९ सय ४४ मत पाएका छन्।

अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टीका नीरज लामाले २६७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दरराम बोहराले ४६५ र श्रम संस्कृति पार्टीका सुवास घिसिङले २१९ मत प्राप्त गरेका छन्।

गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालयमा मतगणना जारी रहेको छ। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

६४ हजार ४ सय ७९ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ४३ हजार ७ सय ८१ मत खसेको थियो ।


२२ फागुन २०८२, शुक्रवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु