राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीको भेट, निर्वाचनबारे ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’  गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।


२० फागुन २०८२, बुधवार १८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु