punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

Chaupati
safha napa

बाजुरा। त्रिवेणी नगरपालिका–६ पन्धाराका ४१ वर्षीय सन्तोष बुढाको भिरबाट लडेर मृत्यु भएको छ।

ढाडखर्क क्षेत्रमा बाख्रा चराउने क्रममा शुक्रबार बिहान भिरबाट लड्दा उनी गम्भीर घाइते भएका थिए।

घाइते बुढालाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम लगिएको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो।

धनगढीतर्फ ल्याउँदै गर्दा चिकित्सकले जाँच गर्दा बाटोमै उनको मृत्यु भएको जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


२४ माघ २०८२, शनिवार १०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु