मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले नेपालको संविधान ६८ को २ बमोजिम यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपा नेपाल पार्टी गरी छ राजनीतिक दलको समर्थन रहेको छ । उनको समर्थनमा ७७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए ।
१९ मंसिर २०८२, शुक्रवार १८:४३ बजे प्रकाशित













