संविधानअनुसार निर्माण गरिएका नियम सबैले पालना गर्नुपर्छः मुख्यमन्त्री शाह
धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधान अन्तर्गतका ऐन नियम पालना गर्नु अनिवार्य सर्त भएको बताएका छन्।
जिल्ला समन्वय समितिले धनगढीमा बुधवार आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा उहाँले प्रदेश निजामती ऐन र स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐनलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए। सुधारका प्रयास र प्रयत्न गर्दागर्दै साना अवरोधहरू आउने स्थिती भए पनि जनतालाई सेवा दिने कुरामा ढुलासुस्ती गर्नु नहुनेमा मुख्यमन्त्री शाहको भनाइ छ।
प्रदेश सरकारले प्रदेश निजामती ऐन र स्थानीय सेवा सञ्चालनसम्बन्धी जारी गरेकै कारण कर्मचारीहरूको वृद्धि विकास भएको उनले बता। मुख्यमन्त्री शाहले भने, “ऐनमा केही समस्या भए प्रदेश सरकार संशोधनका तयार छ।”
५ भदौ २०८२, बिहीवार ०९:१० बजे प्रकाशित































