punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन

Chaupati
safha napa

कैलाली। सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ।

बिहीवार बसेको समितिको बैठकले प्रदेश सरकारका साथै सामाजिक विकास मन्त्रालयलाई कानुनको प्रभावकारी कार्यान्वयनसँगै प्रदेशका सबै स्थानीय तहमा स्थानीय सरकारसँग समन्वय गर्दै चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठमा सर्पले टोकेर महिलाको मृत्यु भएको घटनाबारे स्थलगत अनुगमन गरेको समितिले सङ्घीय सरकारले बनाएका कानुन र प्रदेशको नीतिहरुको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो।

समितिका सभापति धर्मराज पाठकले नीति र कानुन नबनेकाले समस्या भएको भन्दा बनेका कानुनको प्रभावकारी कार्यान्वयन नभएका कारण महिनावारी हुँदा महिला गोठमा बस्नुपरेको र त्यहाँ मृत्युसमेत हुने गरेको देखिएकोले समितिले कानुन प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिएको बताए।

सभापति पाठकले कानुनमा भएको दण्ड र जरिवाना विषयलाई प्रमुखताका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य जस्ता विषयमा जोडेर छाउपडी कुरीतिबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको बताए।

असार २७ गते कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडी गोठमा सुतको बेला सर्पले टोकेर ३२ वर्षीया कमला आउजीको ज्यान गरेको विषयमा समितिले घटनास्थल अवलोकन तथा सरोकारवालाहरुसँग छलफल गरेको थियो।

छलफलबाट प्राप्त सुझावका आधारमा समितिले सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मी, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती गिरी र कानुन अधिकृत दानबहादुर सुनार समितिको बैठकमा बोलाएर प्रदेश सरकारले छाउपडी प्रथाको कुरीति हटाउन गरेका हालसम्मका प्रयासबारे छलफल गरेको थियो।

छलफलका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव रेग्मीले मन्त्रालयका तर्फबाट नीति कार्यान्वयनका लागि काम भइरहेको जानकारी दिए।  उहाँले सामाजिक विकास समितिले दिएको निर्देशनअनुसार मन्त्रालयले थप काम गर्ने बताए।


९ साउन २०८२, शुक्रवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु