punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरमा आगलागी हुँदा कैलालीका एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढी। घरमा आगलागी हुँदा कैलालीका एक जनाको मृत्यु भएको छ।

सोमवार बिहान २ बजे गौरीगंगा नगरपालिका–१० जवलपुरमा रहेको एक घरमा आगलागी हुँदा ७६ वर्षीय कुक्रु डगौरा थारुको जलेर घटनास्थलमा नै मृत्यु भएको हो। काठ र खरले छाएको २ तले घरको माथिल्लो तलामा आगलागी हुदा माथिल्लो तलामा सुतेका कुक्र डगौराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए।

आगलागी करिब एक घण्टापछि इलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले बताए। आगलागीको कारण भने खुलेको छैन। घटना बारे थप अनुसन्धान भैईरहेको प्रहरीले जनाइएको छ।


१९ जेठ २०८२, सोमवार ०९:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु