सुदूरपश्चिमको समग्र सुरक्षामा कतै कमी हुन दिँदैनौँ : डिआइजी डम्बर बिक

धनगढी। कैलाली उधोग बाणिज्य संघले सुरक्षा निकायका प्रमुखहरुको स्वागत सम्मान गरेको छ ।

संघले सुदुरपश्चिम प्रहरी प्रमुख भएर आएका नयाँ डिआइजी डम्बर बिक, कैलाली प्रहरी प्रमुख (एसपी) बालनर सिँ राणा, नेपाल प्रहरी राजमार्ग सुरक्षा  तथा  ट्राफिक कार्यालयका प्रमुख (एसपी) प्रेम शाही , शसस्त्र प्रहरीको ३४ नम्बर गणका गणपति (एसपी) सुरेन्द्र राज रन्जित लगाएतलाई स्वागत गरेको छ ।

संघको कार्यालयमा एक कार्यक्रम को आयोजना गरेर उनिहरुलाई स्वागत गरिएको हो । संघका अध्यक्ष पुष्पराज कुँवरले  डिआइजी बिक लगाएत अन्यलाई खादा मालाले स्वागत गरेका हुन । कार्यक्रममा संघका पदाधिकारी,सदस्य , सल्लाहकार र संचारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत गरेको कार्यक्रमको संचालन प्रकाश चन्दले गरेका थिए ।

सो अबसरमा ब्यबसायीहरुले सुरक्षा लाई चुस्त दुरुस्त राख्न अहिलेको नेतृत्व सफल होस् भनेर शुभकामना दिएका थिए।

कार्यक्रममा ब्यबसायीहरुले उठाएका मागहरुलाई डिआइजी बिकले सम्बोधन गरेका थिए । उनले यहाँको समग्र शान्ति सुरक्षालाई बलियो राख्न सबै प्रयास गरिने बताए । यस्तै उनले लागू औषध यहाँको महत्त्वपूर्ण समस्या रहेको जिकिर गर्दै रोकथामको लागि अभियान चलाइने बताए ।


५ जेठ २०८२, सोमवार २१:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु