punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्पको टोकाइबाट टिकापुरका पाँच वर्षीय बालकको मृत्यु

Chaupati
safha napa

धनगढी। कैलालीको टीकापुरमा सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमवार सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए। उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ।


२ वैशाख २०८२, मंगलवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु