punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीको बडीकेदारमा अनाथ बालबालिकालाई आवासीय सहित निःशुल्क शिक्षा

Chaupati
safha napa

डोटी। डोटीमा अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गरिने भएको छ

जिल्लाको बडीकेदार गाउँपालिका–१ स्थित दुर्गा माध्यमिक विद्यालयमा देउलीमा छात्रावास सञ्चालन गरेर अभिभावक विहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिने गाउँपालिकाले जनाएको छ।

शैक्षिकसत्र २०८२ वैशाखदेखि सञ्चालन हुनेगरी तयारी गरिएको गाउँपालिका अध्यक्ष भैरवबहादुर साउँदले बताए। उनले भने, ‘अहिले गाउँपालिकाले पालिकाभित्र स्थायी बसोबास भएका आमा र बुबा दुवै नभएका आर्थिक रूपले विपन्न बालबालिकाका लागि निःशुल्क आवासीय सुविधासहितको पठनपाठनको व्यवस्था गरिने छ।’

साथै सो कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाका पाँचै वडाभित्र स्थायी बसोबास भएका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यालय उमेर समूहका बालबालिकाले गाउँपालिकाका टुहुरा असहाय, आर्थिक रूपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ निर्माण गरी तयारी गरिएको पनि अध्यक्ष साउदले बताए।

गाउँपालिकाको टुहुरा असहाय, आर्थिक रूपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ अनुसूची १ बमोजिम सातदिने सूचना निकाली अनाथ बालबालिकाको लागत सङ्कलन पनि भइसकेको अध्यक्ष साउदले बताए।

गाउँपालिकाको गाउँ कार्यपालिकाबाट निर्णय गरी अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खान बस्ने व्यवस्थाका लागि वैशाख, जेठ र असारका लागि रु चार लाख रकम विनियोजित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए। बाँकी रकम आर्थिक वर्ष २०८२ को अधिवेशनबाट विनियोजित गरी व्यवस्था गरिने पनि प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए।

गाउँपालिकाको शिक्षा शाखाको सहजीकरणमा अनाथ बालबालिकालाई निःशुल्क पठनपाठनका लागि पहल भइरहेको गाउँपालिका शिक्षा शाखा प्रमुुख विवेक देउवाले बताए। आवासीय रूपमा सञ्चालन गर्न र व्यवस्थापन गर्नका लागि एक जना कर्मचारी गाउँपालिकाले व्यवस्था गर्ने तथा बाँकी पठनपाठनका लागि सम्बन्धित विद्यालयले गर्नुपर्ने शिक्षा शाखा प्रमुख देउवाले बताए।


२६ चैत २०८१, मंगलवार १७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु