शिक्षक महासंघले घोषणा गर्‍यो शैक्षिक हडताल

काठमाडौं। शिक्षक महासंघले शैक्षिक हडताल घोषणा गरेको छ । यही २५ चैतदेखि शैक्षिक हडतालको घोषणा गरिएको हो । महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् । तर, सरकारले सुनुवाइ गर्न आलटाल गरेसँगै महासंघले हडताल घोषणा गरेको हो ।

महासंघले देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । यो अवधिमा एसईईका उत्तर पुस्तिका परीक्षणसमेत नहुने भएको छ, जसका कारण एसईईको परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ ।

 


२४ चैत २०८१, आइतवार १५:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु