punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत

Chaupati
safha napa

धनगढी। नेपाल पत्रकार महासङ्घको स्थापना दिवस विरोधमा परिणत गरिएको छ।

नेपाल पत्रकार महासङ्घले शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो। तर, शुक्रवार काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि विरोध थालिएको हो।

कैलालीको धनगढी, अत्तरिया, सुखड, लम्की, टीकापुर लगायतका क्षेत्रहरूमा पत्रकार महासङ्घको आयोजनामा विरोध हुँदैछन्। २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो। २०५३ जेठ २९ मा संघलाई संघ स्थापना भएको दिनलाई आधार मान्दै महासङ्घले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ। पत्रकार महासङ्घले यसअघि तय गरिएका कार्यक्रम रद्द गरेर विरोध सभा आयोजना गरिएको छ। पत्रकारको हत्या तथा सञ्चारमाध्यममा गरिएको आगजनी तथा तोडफोडको विरुद्ध विरोध सभाको आयोजना गरिएको हो।

काठमाडौँमा शुक्रवार भएको राजावादीको आन्दोलनका क्रममा भएको आगलागीमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। विभिन्न सञ्चार माध्यमहरूमा तोडफोड तथा आगलागी गरिएको छ।


१६ चैत २०८१, शनिवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु