punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजावादी प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जना घाइते

Chaupati
safha napa

काठमाडौं । राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् ।

प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको । जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् ।

प्रदर्शनमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् ।

त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार चन्द्र बुढा पनि घाइते भएका छन् ।

राजावादी प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनी भएको थियो । सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो ।


१५ चैत २०८१, शुक्रवार १८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु