punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका सांसदहरूले भेटे उत्तराखण्डका मुख्यमन्त्री

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशका सांसदहरूको एक टोलीले भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग अनौपचारिक भेटवार्ता गरेको छ।

उक्त भेटमा नेपाल–भारत सिमानामा सर्वसाधारणले भोगिरहेका समस्याहरूबारे छलफल भएको थियो। प्रदेश सभा सदस्यहरू दिवानसिंह बिष्ट, प्रकाश रावल, विक्रम सिंह धामी, मधु भारती, र जानकी कुँवर सहितको टोलीले देहरादूनस्थित मुख्यमन्त्री कार्यालयमै पुगेर समस्या समाधानका उपायहरूबारे विचार(विमर्श गरेका थिए।

सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्टका अनुसार, बनबसा र टनकपुर पुल हुँदै नेपाल–भारत आवागमनलाई सहज बनाउनका लागि आवश्यक उपायहरूबारे छलफल भएको थियो। सांसदहरूले सिमानामा देखिएका समस्याहरू समाधानका लागि नेपाल–भारतबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
मुख्यमन्त्री धामीले नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउन सकारात्मक प्रयास गर्ने प्रतिवद्धता जनाउँदै उक्त समस्याहरू भारत सरकार र प्रधानमन्त्रीसमक्ष पुर्याउने बताए।

नेपाली सांसदहरूको टोली कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा आयोजित इण्डो(नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवमा भाग लिन देहरादून पुगेको थियो, जसले दुई देशबीचको व्यापार र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

 


१२ चैत २०८१, मंगलवार ०६:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु