punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘अब धनगढी दौडिन्छ’को एघारौं संस्करण वैशाख १ गते, विजेताले ७५ हजार पाउने

Chaupati
safha napa

धनगढी।‘अब धनगढी दौडिन्छ’ को एघारौं संस्करण नयाँ वर्ष वैशाख १ गतेको दिन आयोजना हुने भएको छ। ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन दौड प्रतियोगिता हो।

धनगढीमा सोमबार आयोजक धनगढी जेसिजले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको छ। धनगढी जेसिजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ।

धनगढी हाफ म्याराथनको गत वर्षको दशौं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरेका कारण हाफ म्याराथनमा रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने प्रतियोगिताका संयोजक तथा धनगढी जेसिज २०२५ का कार्यकारी उपाध्यक्ष दीपक गौतमले जानकारी दिए।

उनका अनुसार धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढी रंगशालामा पुगेर समापन हुनेछ। हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिने आयोजकले जनाएको छ।

दुई वटै विधाका विजेताले नगद ७ हजार ५ सय, उपविजेताले नगद ५ हजार र तेस्रो हुनेले नगद २ हजार ५ सय प्राप्त गर्ने संयोजक गौतमले बताए। उनले प्रतियोगितामा सहभागिताका लागि विभिन्न स्थानहरुबाट धमाधम फाराम वितरण भइरहेको र सबैलार्ई सहभागीताका लागि अपिल पनि गरे।


११ चैत २०८१, सोमवार १५:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु