punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका १० क्याम्पसमा निर्वाचन, दुई क्याम्पसमा स्थगित

Chaupati
safha napa

धनगढी। कैलालीका १० वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा मतदान सकिएको छ।

जिल्लाका २ क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ। कैलालीमा १२ वटा क्याम्पसहरूमा घोडाघोडी बहुमुखी क्याम्पस, सुखड र बर्दगोरिया बहुमुखी क्याम्पसमा मतदान स्थगित भएको हो।

कैलालीका नौ वटा सम्बन्धन प्राप्त क्याम्प्सहरू र एक आङ्गिक क्याम्पसमा स्ववियुको निर्वाचनको मतदान सकिएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुरको ऐश्वर्य बहुमुखी क्याम्पसमा एक हजार चार सय तीन मत खसेका छन्। एश्वर्यमा २ हजार एक सय आठ मत रहेका थिए। काँग्रेसको विद्यार्थी सङ्गन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट दीपकराज भट्ट, एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट दीपेन्द्र भट्ट र माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट विक्रम विष्ट चुनावी मैदानमा छन्।

धनगढी उपमहानगरपालिका–१८ को फूलबारी बहुमुखी क्याम्पसमा एक सय आठ मत रहेका थिए। तर, ८९ मत मात्र खसेका छन्। फूलबारीमा शान्तिपूर्ण वातावरणमा मतदानको काम सकिएको छ। गौरीगंगा नगरपालिका–१ को चौमाला बहुमुखी क्याम्पसमा पाँच सय ३६ मत रहेकोमा चार सय ४३ मत खसेका छन। गौरीगंगा नगरपालिका–८ को खप्तड बहुमुखी क्याम्पसमा तीन सय ४८ मत रहेकामा २७८ मत खसेका छन।

घोडाघोडी नगरपालिका–१०को बुलबुले बहुमुखी क्याम्पसमा २३१ मत रहेकोमा १८९ मात्र खसेका छन। बुलबुले क्याम्पसमा मत गणनासमेत सुरु भएको छ। यता, भजनी नगरपालिका–१ को मोहन्याल बहुमुखी क्याम्पसमा २२० मत रहेकोमा १७९ मत खसेका छन्। लम्की बहुमुखी क्याम्पसमा ५२९ मत रहेकोमा ४४३ मत खसेका छन। वीरेन्द्र बहुमुखी क्याम्पस, टीकापुरमा एक हजार तीन सय ४१ मत रहेकामा सात सय ४१ मत खसेका छन्।

घोडाघोडी नगरपालिका–१ को राष्ट्रिय कलेजमा नौ सय ४० मत रहेकामा चार सय २ मत खसेका छन्।

उता, जोशीपुर गाउँपालिका–१ को रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा २६० मत रहेकामा १८९ खसेका छन्। मतदानको काम सकिएसँगै गणनाको प्रक्रिया पनि थालिएको छ।


५ चैत २०८१, मंगलवार १९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु