punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा कांग्रेस सभापति सावदको कम्पनी ‘राजेन्द्र निर्माण सेवा’ कालोसूचीमा

Chaupati
safha napa

धनगढी। नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर सावद नेतृत्वको निर्माण कम्पनी ‘राजेन्द्र निर्माण सेवा’ एक वर्षका लागि कालोसूचीमा परेको छ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार जारी सार्वजनिक सूचनामार्फत कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो।

सूचनामा आजकै मितिदेखि लागू हुने गरी एक वर्षसम्म कम्पनीलाई कालोसूचीमा राख्ने उल्लेख छ। पुरातत्व विभागको सिफारिसका आधारमा सरकारले यस्तो निर्णय गरेको हो।

सरकारी परियोजनामा लिएको जिम्मेवारी सन्तोषजनक रूपमा पूरा नगर्ने कम्पनीहरूलाई सरकार कालोसूचीमा राख्ने गर्छ। यस्तो सूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउँदैनन्।


२८ फागुन २०८१, बुधवार १३:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु