punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवा भारत जाने कार्यक्रम रद्द

Chaupati
safha napa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत जाने कार्यक्रम रद्द गरेका छन्।

सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि अन्तिम समयमा सभापति देउवाले भ्रमण रद्द गरेका हुन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा भारत जाने कार्यक्रम रद्द गरिएको सेतोपाटीलाई जानकारी दिए।

‘प्रयागराजमा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो, भिडभाड हुनेजस्ता कारणले गर्दा नजाने निर्णय गरिएको हो,’ उनले भने।


८ फागुन २०८१, बिहीवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु