punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा गरियो अन्त्येष्टि

Chaupati
safha napa

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ ।बुधबार राति करिब ११ बजे स्वर्गद्वारी घाटमा उनको अन्तिम संस्कार गरिएको हो।

उनको पार्थिव शरीरलाई भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणकाे साथै केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए ।

उनलाई हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिए । उनको पार्थिक शरीर बुधबार राति उडिसाबाट भैरहवा ल्याइएको थियाे ।

विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था उनकाे शव फेला परेको थियो ।


८ फागुन २०८१, बिहीवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु