बबरमहलमा मेलम्चीको पाइप फुट्दा डुवानमा सरकारी कार्यालय
काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा त्यस क्षेत्रका सरकारी कार्यालयहरु डुबानमा परेका छन् । काठमाडौं जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको हो ।
मेलम्ची खानेपानीको मुख्य पाइप नै फुटेपछि अहिले बबरमहल आसपास रहेका सरकारी कार्यालय डुबानमा परेका हुन् । वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।
अहिले उक्त ठाँउमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।


३० माघ २०८१, बुधवार १५:४४ बजे प्रकाशित













