punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा काँग्रेसका नगर सभापति मृत फेला

Chaupati
safha napa

धनगढी। कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका- १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश चन्दले अहिले घटनास्थलमा सो जिल्लाका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको जानकारी दिए। मृतक कलौनी भीमदत्त नगरपालिकाका काँग्रेस सभापति तथा निकै लोकप्रिय नेता थिए।

अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ।अहिलेसम्म घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन। उनको हत्या भएको आशंकासमेत गरेको भन्दै प्रहरीले सो ढङ्गले पनि अनुसन्धान थालेको छ। तथापि विस्तृत विवरण आउन बाकी छ।

 


१९ माघ २०८१, शनिवार ०९:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु