punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किशोरीको हत्याकाण्डमा प्रहरी अनुसन्धान नजिक,भोलि पत्रकार सम्मेलन गर्दै प्रहरी

Chaupati
safha napa

धनगढी । अछाममा भएको दुई जना किशोरीको हत्याकाण्डमा प्रहरीले पत्रकार सम्मेलन गर्ने भएको छ। घटनाको प्रारम्भिक अनुसन्धानबाट केस सुल्झिएपछि पत्रकार सम्मेलन गर्न लागिएको हो।

अछाम प्रहरीका प्रमुख डीएसपी इश्वरी प्रसाद भण्डारीले घटना विवरणबारे जानकारी दिन भोलि पत्रकार सम्मेलन गरिने जानकारी दिए। उनका अनुसार भोलि सो विषयमा विस्तृत विवरण सार्वजनिक गरिने छ।

सो प्रकरण हत्या नै भएको प्रहरीले निष्कर्ष निकालेकोमा थप अनुसन्धान जारी छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी गणेश चन्दका अनुसार सो प्रकरण अनुसन्धानका लागि उनी आफूसहित केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, प्रदेश प्रहरी कार्यालय धनगढी, महेन्द्रनगर र अछाम प्रहरीसमेतको संयुक्त टोलीहरु खटिएका थिए।

जिल्लाको ढकारी गाउँपालिका ८ की सरस्वती खड्का र ईशरा खड्काको शव गएको शनिवार ढकारी १ को चिन्ने ओडार जङ्गलमा फेला परेको थियो। त्यसपछि अनुसन्धान थालिएकोमा बुधवार मृतकका आफन्त भेट्न प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द ढकारी पुगेका थिए। त्यहाँ पुगेर उनले हत्यारालाई कानुनी कारबाही हुने बताएका थिए।

अहिलेसम्म घटनामा संलग्न रहेको आरोपमा २ जना किशोर अछाम प्रहरीको हिरासतमा छन्। स्रोतका अनुसार ती दुई जनाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

ती किशोरहरु पनि मृतकहरुसँगै गोठालो गएका थिए। सोही क्रममा किशोरीसँग विवाद भएकोमा घटना घट्न गरेको प्रहरीको बुझाई छ। आज उनीहरूले साबिती बयान दिएकोमा उनीहरूको बयान प्रमाणीत भैसकेको प्रहरीले बताएको छ भने प्रहरीले थप प्रमाण सङ्कलन गरिरहेको छ।

यसअघि नै आफन्तले हत्या नै भएको दाबी गरेर ती दुई जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। नातामा फुपू–भदैनी पर्ने मृतकहरू दुवै कमलबजार नगरपालिकास्थित विद्यालयमा कक्षा–८ मा अध्ययनरत थिए। आरोपितहरु पनि उनीहरु पढ्ने स्कुलमै अध्ययनरत थिए। यो घटनापछि सिंगो ढकारी र विद्यालय परिवार शोकमा डुबेको छ।


१८ माघ २०८१, शुक्रवार २२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु