सरकार ढल्छ : डा. वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार ढल्ने बताएका छन् । उनले संघीय संसद अन्तर्गत आज (शुक्रबार) बाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।
साथै उनले सरकारले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको बताए । लामिछानेको निलम्बनप्रति उनले आपत्ति जनाउँदै निलम्बन फुकुवा गर्न समेत माग गरे ।
बैठकमा बोल्दै उनले न्यायीक आयोग गठन गरेर राजकीय पद ग्रहण गरेका नेताहरुको सम्पत्ती छानविन हुनुपर्ने बताए ।
यस्तै चलनचल्तीका सबै काण्डहरुको छिनोफानो गर्नुपर्ने समेत उनको भनाई थियो । दुई तिहाईको सरकार एउटा व्यक्तिमा केन्द्रित भएको उनले बताए । वाग्लेले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरेका छन् ।
१८ माघ २०८१, शुक्रवार १६:१८ बजे प्रकाशित












