यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराईमा मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु तथा कुहिरो लागेको छ। पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्ने क्रम माघ १३ गते (आइतबार)सम्म जारी रहने महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार शीतलहरसम्बन्धी विशेष बुलेटिन-१ जारी गरी माघ ९ गतेदेखि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभरि हुस्सु/कुहिरो लागिरहेको जानकारी दिएको हो।


१२ माघ २०८१, शनिवार ०७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु