काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अधिकारी 

काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले शुक्रबार  १८ जनाको सरुवा र २५ जनाको पदस्थापन गरेको हो ।

काठमाडौं प्रहरीको प्रमुखमा एसएसपी विश्व अधिकारीको सरुवा भएको छ । यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत अधिकारी  केन्द्रीय प्रहरी प्रवक्ता समेत थिए  ।

‘प्रहरी मेरो साथी’ का परिकल्पनाकार अधिकारी एसपी छँदा मोरङ र कैलालीको प्रहरी प्रमुख भएर काम गरिसकेका छन् । एसएसपीमा भने उनको यो पहिलो जिल्ला कमाण्ड हो ।

आफ्नो ब्याचमा एसपीमा पहिलो नम्बरमा बढुवा भएका उनी एसएसपीमा समेत पहिलो नम्बरमा बढुवा भएका प्रहरी अधिकृत हुन् । उनी कैलाली प्रहरी प्रमुख रहँदा उत्कृष्ट कार्य गरे वापत प्रवल जनसेवा श्रीबाट विभुषित भएका थिए ।

त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी रमेश बस्नेतलाई सरुवा गरिएको छ भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा दिपेन्द्र जिसीलाई पठाइएको छ।

सरुवा र पदस्थापन भएका एसएसपीहरुको सुची

 


११ माघ २०८१, शुक्रवार २३:३२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु