७ जिल्लाको प्रजिअ फेरिए, कैलालीमा गोगन बहादुर हमाल

काठमाडौँ । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । काठमाडौँमा ऋषिराम तिवारीलाई पठाइएको छ ।
त्यस्तै कैलालीमा गोगन बहादुर हमाल आएका छन् । कैलालीका धर्मेन्द्र मिश्रलाई सुनसरी पठाइएको छ ।
काठमाडौँमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव, झापामा गोपाल कुमार अधिकारी र सल्यानमा सवित्रा पुन लाई सरुवा गरिएको छ ।
सुनसरीमा कार्यरत प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई, झापामा कार्यरत बन्धुप्रसाद बास्तोला र सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
२२ पुस २०८१, सोमवार २१:२० बजे प्रकाशित