आजदेखि यी फोनमा ह्वाट्सएप नचल्ने

काठमाडौं । १ जनवरी २०२५ अर्थात् आजदेखि २० भन्दा धेरै पुराना एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नचल्ने भएको छ । एन्ड्रोइड ४.४ किटक्याट वा सोभन्दा पुराना अपरेटिङ सिस्टम भएका फोनमा अब ह्वाट्सएप प्रयोग गर्न पाइने छैन ।
ह्वाट्सएपको मातृ कम्पनी मेटाले आफ्नो एपको सुरक्षा र सुविधालाई मध्यनजर गर्दै यो निर्णय लिएको हो । यसअन्तर्गत सामसङ, मोटोरोला, एचटीसी, एलजी, सोनी जस्ता ब्रान्डका मोडेलहरूमा ह्वाट्सएप चल्ने छैन ।
मेटाका अनुसार पुराना अपरेटिङ सिस्टममा नयाँ सुरक्षा सुविधाहरु थप्न गाह्रो हुन्छ । यसले गर्दा ह्याकरले सजिलैसँग फोन ह्याक गर्न सक्छन् र गोपनीयतामा खतरा उत्पन्न हुन सक्छ ।
यदि तपाईंको फोन यो सूचीमा पर्छ भने च्याट ब्याकअपमा राखी नयाँ स्मार्टफोन प्रयोग गर्न कम्पनीले सुझाएको छ ।
ह्वाट्सएप नचल्ने फोनको सूची
आजदेखि थुप्रै स्मार्टफोन मोडेलले ह्वाट्सएपको एक्सेस गुमाउने छन्, जुन यसप्रकार छन्:
सामसङ ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एस ३, ग्यालेक्सी एस ४ मिनी
मोटोरोला डिभाइस जस्तै मोटो जी, रेजर एचडी, मोटो ई २०१४
एचटीसी मोडेल जस्तैः वन एक्स, वन एक्स प्लस, डिजायर ५०० र डिजायर ६०१
एलजीको अप्टिमस जी, नेक्सस ४, जी २ मिनी र एल ९०
सोनीको एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी
१७ पुस २०८१, बुधवार १०:०९ बजे प्रकाशित