punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा

Chaupati
safha napa

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिनजिक पुगेको छ । पहिलो संस्करणको एनपीएलमा बुधबार जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो।

लिग चरणमा पनि सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । बुधबार पहिलो क्वालिफायरमा पनि जनकपुर सुदूरपश्चिमसँग स्तब्ध बन्यो ।

टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले अविजित ५८ रन जोडे । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै, सैफी अली जैबले ३२ रनको योगदान दिएका थिए । ब्रैंडन मैकमुलेन २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे ।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक/एक विकेट लिए ।

यसअघि जेम्स निशमले जनकपुरका लागि सर्वाधिक ४५ बनाएका थिए । उता सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएका थिए ।

अब सुदूरपश्चिमले बिहीबार हुने जनकपुर र कर्णाली याक्सबीचको क्वालिफायर दुईको विजेतासँग कीर्तिपुर मैदानमा शनिबार फाइनल खेल्नेछ ।

जनकपुरले फाइनलका लागि एक मौका पाएको छ । उसले बिहीबार कर्णाली याक्ससँग क्वालिफायर दुई खेल्नेछ । बुधबार चितवन राइनोजलाई पराजित गर्दै कर्णाली क्वालिफायर दुईमा पुगेको छ ।

 


३ पुस २०८१, बुधवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु