punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टेकएक्सिस र एसपीए कलेज बिच सम्झौता

Chaupati
safha napa

धनगढी। टेकएक्सिस प्रा.लि र सुदूर पश्चिमाञ्चल क्याम्पस, एसपीए कलेज बिच शैक्षिक र व्यावसायिक प्रशिक्षण सम्बन्धी सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। शनिवार एक कार्यक्रमका बिच टेकएक्सिसका सिइओ शैलेश नेपाल र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार टेकएक्सिसले एसपीए कलेजका विद्यार्थीहरू विशेष गरी बिआइएम अध्ययनरत विद्यार्थीहरू लाई सूचना प्रविधि (आइटी) र व्यवस्थापनसम्बन्धी विभिन्न विषयमा व्यावसायिक प्रशिक्षण, कार्यशाला तथा गेस्ट लेक्चरर प्रदान गर्नेछ। यो सहकार्यले विद्यार्थीलाई आधुनिक प्रविधि र उद्योगका नवीनतम प्रचलनमा तालिम प्रदान गरी रोजगारका अवसरलाई सघाउने विश्वास गरिएको छ।

जसबाट विद्यार्थीहरूले प्राविधिक तालिम वेभ डिजाइन, डाटा साइन्स, डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्राविधिक क्षेत्रमा व्यावहारिक प्रशिक्षण गराइने कलेजका बिआईएम कार्यक्रम निर्देशक धर्मराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार विद्यार्थीहरू लाई इन्टर्नसिप र रोजगारी प्राप्त गर्न सहजीकरण गरिने छ भने तालिम कार्यक्रम हरेक शैक्षिक सत्रमा सञ्चालन हुनेछ, जसमा तालिमको अवधि ३० घण्टा र कार्यशालाको अवधि १० घण्टा रहनेछ। टेकएक्सिसका प्रतिनिधिहरूले वार्षिक भ्रमणमार्फत प्रत्यक्ष रूपमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन्।

सम्झौताले चार वर्षको अवधिमा विद्यार्थीलाई प्रविधिमैत्री बनाउने र उनीहरूको रोजगारी क्षमता बढाउने उद्देश्य राखेको छ। टेकएक्सिसका सिइओ पोखरेलले भने, ’यो सहकार्यले प्रविधि र व्यवस्थापन क्षेत्रमा दक्षता विकास गर्दै भविष्यका लागि सक्षम जनशक्ति तयार गर्न महत्त्वपूर्ण योगदान गर्नेछ।’


१ पुस २०८१, सोमवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु