punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिप दुर्घटनामा शिक्षा समन्वय प्रमुख र शिक्षक पन्तकी श्रीमतीको मृत्यु

Chaupati
safha napa

धनगढी। जिप दुर्घटना हुँदा शिक्षा विकास समवन्य इकाई बाजुराका प्रमुख रामदत्त भट्ट र विपी आधारभुत विद्यालय ओदालीका शिक्षक लोकेन्द्र पन्तकी श्रीमतीको मृत्यु भएको छ।

हिजो बाजुरा सदरमुकाम मार्तडी स्कारपीयो जिप दुर्घटना हुँदा शिक्षक लोकेन्द्रकी ३१ वर्षीया श्रीमती गायत्री पन्तको मृत्यु भएको हो। उनको घर कञ्चनपुर हो। ३१ वर्षया गायत्री भीमदत्त नगरपालिका–१० मा रहेको माई सेन्सुरियम स्कुलकी शिक्षिका हुन्। यस्तै शिक्षा विकास समन्वय इकाई बाजुराका प्रमुख रामदत्तकी श्रीमती भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको पनि मृत्यु भएको छ।

पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्। घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। आइततबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो। जिप कोल्टीदेखि मार्तडी गइरहेको थियो।

 


२४ मंसिर २०८१, सोमवार १५:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु